) कार्यमूलक व्यवहारिक तालिम

यस कार्यालयको तालिम शाखा अन्तर्गत विभिन्न मौरीपालन सम्बन्धि तालिम कार्यलक्ष्य तोकिएका हुन्छन् । सोही कार्यलक्ष्य अनुसार विभिन्न जिल्ला कृषि विकास कार्यालयहरुले क्षेत्रीय कार्यक्रम तर्जुमा गोष्ठीमा आङ्खना मौरी पकेट क्षेत्रका कृषकहरुलाई मौरीपालन र घार निर्माण तालिमका लागि आवश्यक पर्ने गरि लक्ष्य राखिए मुताविक मौरीपालन १ हप्ते र घार निर्माण २ हप्ते तालिम यस शाखाले प्रदान गर्दछ यसका साथै जि.कृ.वि.का. र बागवानी फार्मका लक्ष्य मुताविक प्रा.स.रना.प्रा.स. स्तरीय 1 हप्ते मौरीपालन तालिम पनि यस शाखाले सम्पन्न गर्दछ । नवौं पञ्चवर्षिय योजनाले परिलक्षित गरे अनुसार आ.व. ०६०/६१  सम्म चितवन, सर्लाही, नवलपरासी, रौतहट, कैलाली, रुपन्देही, दाङ र झापामा गरि ८ वटा मेलिफेरा श्रोत विकास केन्द्र र धादिङ, तनहुँ, काभ्रे, पाल्पा, दोलखा, इलाम, बैतडी, लम्जुङ र अर्घाखाँचिमा १० वटा सेराना मौरी श्रोत विकास केन्द्र गरी जम्मा १८ वटा मौरी श्रोत विकास केन्द्र स्थापना र संचालन भइसकेका छन् भने चालु आ.व. सम्ममा ३३ वटा (विस्तृत विवरण तपसिलको तालिकामा) भइसकेकाछन् । यिनीहरुले समूहगत रुपमा मह, मैन, मौरी गोलाका साथै मौरी सामाग्री समेत उत्पादन तथा बिक्री वितरण गरी कृषकहरु लाभान्वित हुन थालेका छन् । कतिपय श्रोतकेन्द्रहरुले मौरीपालक कृषक एवं इच्छुक व्यक्तिहरुलाई सो सम्बन्धि तालिम र अन्य प्राविधिकसेवा समेत उपलब्ध गराउँदै आएका छन् ।

) प्रसार तथा प्राविधिक सहयोग

मौरीपालन (मेलिफेरा र सेराना) सम्भाव्य जिल्लाहरुको सम्भाव्यता अध्ययनका साथै मौरीपालन सम्बन्धि प्राविधिक ज्ञान (सैद्धान्तिक र व्यवहारिक) का साथै उन्नत प्रविधिहरु प्रचारप्रसार गर्ने उद्देश्यले यस मौरी विकास शाखाभित्र योजना (प्रसार) शाखा को व्यवस्था गरिएको छ । सो शाखाले लक्षित कार्यक्रम अनुसार मौरी पालन सम्भाव्य जिल्लाहरुको अनुगमन, मौरी पकेट क्षेत्रका निरीक्षण, मौरी चरन वितरण, मौरी गोला प्रदर्शन, आधार चाका प्रदर्शन, परागसेचन प्रदर्शन आदि कार्यक्रमहरु संचालन गर्दै आएको छ । साथै मौरीपालन सम्बन्धी बुकलेट, लिफलेट, श्रोतकेन्द्र परिचय पुस्तिका प्रकाशन, श्रोत विकास केन्द्र स्थापनामा कृषक समूह गठन गरी तालिम प्राप्त कृषकहरुलाई स्वीकृत नर्मस अनुसार मौरी घार २५०० र अन्य मौरीपालन सामाग्रीहरु मौरीगोला, धुवाँदानी, घुम्टी, स्ट्याण्ड, आधारचाका, प्रेस, आदि ५००० अनुदानमा वितरण गर्ने कार्य गर्दछ ।

) समस्यामूलक, व्यावहारिक, उपयुक्त प्रविधि विकास

मुख्यतः यपियरी शाखाले एपियरी व्यवस्थापन, विभिन्न श्रोतहरुबाट उपलब्ध महका नमूनाहरुको गुणस्तर जाँच, मौरी रोगरशत्रु पहिचान तथा नियन्त्रण आदि कार्यहरु गर्दछ । साथै नेपालमा मौरी क्षेत्र पहिचान तथा निर्धारण, जैविक विविधता अध्ययन, मौरीपालन सम्भाव्यता अध्ययन र सर्भे आदि कार्य पनि यस शाखाले योजना शाखाको समन्वयमा संचालन गर्दछ । यस शाखाले विगत वर्षहरुमा जुम्ला, धादिङ, दोलखा, काभ्रे आदि क्षेत्रका सेराना मौरीगोला ल्याई जैविक विविधता अध्ययन कार्य सम्पन्न गरिसकेको छ ।

) अन्य कार्यहरु

मौरीपालन विकास शाखाले आङ्खना स्वीकृत् कार्यलक्ष्यका अतिरिक्त कृषकहरुबाट पठाइएका मह नमूना परीक्षण, विभिन्न स्वदेशी तथा विदेशी गैह्र सरकारी संघ र संस्थाहरुबाट मौरीपालन तालिम गराउन प्रकृयागत रुपमा माग भईआएमा छात्रावास, तालिमहरु र प्रशिक्षक समेत स्वीकृत् नर्मस अनुसार उपलब्ध गराउने, मौरीजन्य उत्पादन वृद्धिका लागि अन्य संघसंस्थासँग समन्वय गर्दै अगाडि बढ्ने कार्य पनि गर्दछ । उदाहरणका लागि इसिमोड जस्ता गैह्र–सरकारी संस्थाहरुको यस शाखासँग संयुक्त रुपमा तालिम संचालन र सेराना मौरीमा जैविक विविधीकरण अध्ययन गर्दै आएको छ ।

यसका साथै विभिन्न जि.कृ.वि.का.हरुले आयोजना गरेको कृषक भ्रमण, विद्यालय र महाविद्यालयका अध्ययन अध्यापनमा संलग्न मौरीपालन सम्बन्धी ज्ञान लिन आएका व्यक्ति, समूहहरुलाई मौरी अवलोकन, अध्ययन आदिमा सहयोग पुर्‍याउदै आएको छ । त्यसैगरी नेपालको मौरीमा लाग्ने विभिन्न रोग र सुलसुलेहरुको प्रकोप, त्यसबाट हुने क्षतिको विवरण अध्यावधिक गर्न सिलसिलामा OIEP (Office International Epizootie Paris) को चौमासिक प्रतिवेदनमा प्रकाशित गर्न पशु स्वास्थ्य निर्देशनालय, त्रिपुरेश्वरमा पठाउने कार्यलाई निरन्तरता दिइएकोछ ।